Saturday, April 27, 2019

शिक्षक तालिम सम्पन्न

नेपालगंज ४ गणेशपुरमा अवस्थित ग्रेस इन्टरनेशनल स्कुलमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्भि तालिम सम्पन्न भएको छ । शैक्षिक सत्रको शुरूवातमै शिक्षकहरूलाइ तालिम दिएर पठाउदा रचनात्मक शिक्षण शिकाइ भइ बिध्यार्थीहरूको सिकाइ प्रक्रिया मजबुत हुदै जान्छ । शिक्षण पेशा अगाल्न चाहने तथा अगाली रहेका शिक्षकहरू जसले कडा मेहनत गरि बालबालिकाको शुन्दर भविष्यको खाका काेरी रहेका छनः उनिहरूलाइ छिटाे छरिताे तथा जीवन्त शिकाइ प्रकृया अपनाइ पठन पाठन गराउन यस्ता तालिमहरू उपयुक्त हुन्छन ।















शिक्षण पेशामा लामो अनुभव संगाल्नु भएका दक्ष तथा अनुभवि प्रशिक्षकहरूबाट यस स्कुलका शिक्षकहरूले प्रशिक्षित हुने सुवर्ण अवसर प्राप्त गरेका हुन । नेपाल बाहेक विश्वका विभिन्न देशमा शिक्षण पेशा संग सम्बन्धित व्याक्तित्वहरूलाइ तालिम दिंदै आउनु भएका, नेल्टा बाँकेको कार्य समिति सदस्य मान बहादुर खडका र मध्यपश्चिम विश्व विध्यालयबाट शिक्षाशास्त्र संकायमा सर्वोत्कृष्ट हुन सफल भइ विगत लामो समय देखि शिक्षण पेशामा होमिनु भएका प्रभु उपाध्याय मुख्य प्रशिक्षकको रूपमा उपस्थित हुनु भएको थियो । गणित विषयलाइ कसरी रचनात्मक तरिकाले पढाउन सकिन्छ भन्ने विषयमा प्रेम डि सि ले प्रकाश पार्नृ भएकाे थियाे । 

प्रशिक्षकहरूले आर्जन गरेको लामो समयको अनुभव एवम् तरीकाले स्कुलका शिक्षकहरूले किताब नभइ बिध्यार्थीलाइ सिक्ने वातावरण सृजना हुनेमा स्कुलका प्रिन्सिपल भीम तिमिल्सेना विस्वस्त हुनुहुन्छ । यस प्रकार का धेरै तालिमहरूको मदतले दक्ष शिक्षक निर्माण भइ प्रभावकारी शिक्षण हुनेमा कुनै दुविधा नहुने र भविष्यमा पनि यस्तै प्रकारका तमाम तालिमहरूको व्यवस्था गरिने र बालबालिकाहरूलाइ गुणस्तरिय शिक्षा प्रदान गर्नमा कहिं कतै  नचुक्ने  प्रतिबद्भता विध्यालयका संयाेजक लाेकराज देवकाेटाले जनाएकाछन ।

No comments:

Post a Comment

बार्षिक परीक्षाको नतिजा प्रकािशत

ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...