बिध्यालयमा आयोजित कार्यक्रममा बिध्यार्थीहरूले विविध प्रतिभा प्रस्तुत गरेका थिए । बिध्यार्थीहरूको सामुहिक गानबाट सुरू भएकाे कार्यक्रमलाइ शिक्षक कृष्ण बुढाले सहजिकरण गरेका थिए । कक्षा नर्सरी देखि सात सम्मका बिध्यार्थीहरूले विविध प्रस्तुतिले कार्यक्रमलाइ मनमोहक बनाएको थियाे । गित, नाच, नाटक, कबिता बाचन लगायत डोरी तान प्रतियोगिता पनि सम्पन्न भएको थियाे ।
Tuesday, September 17, 2019
बाल दिवसको अवसरमा भव्य कार्यक्रम
नेपालगंज उपमहानगरपालिका वार्ड नं. ४ स्थित ग्रेस इन्टरनेशनल स्कुलमा राष्ट्रिय बाल दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न भएका छन । नेपालले सन १९९० सेप्टेम्बर १४ मा बालअधिकार सम्बन्धि महासन्धिलार्इ अनुमोदन गरेको बिशेष दिनको रूपमा बालदिवस मनाउन थालेको हाे । २०६२, २०६३ काे जनआन्दोलन भन्दा अगाडि भदाै ४ गते मनाइदै आइरहेको बालदिवस २०६३ साल भन्दा पछाडि भदाै २९ मा मनाइदै आइरहेकाे छ ।
बिध्यालयमा आयोजित कार्यक्रममा बिध्यार्थीहरूले विविध प्रतिभा प्रस्तुत गरेका थिए । बिध्यार्थीहरूको सामुहिक गानबाट सुरू भएकाे कार्यक्रमलाइ शिक्षक कृष्ण बुढाले सहजिकरण गरेका थिए । कक्षा नर्सरी देखि सात सम्मका बिध्यार्थीहरूले विविध प्रस्तुतिले कार्यक्रमलाइ मनमोहक बनाएको थियाे । गित, नाच, नाटक, कबिता बाचन लगायत डोरी तान प्रतियोगिता पनि सम्पन्न भएको थियाे ।
बिध्यालयमा आयोजित कार्यक्रममा बिध्यार्थीहरूले विविध प्रतिभा प्रस्तुत गरेका थिए । बिध्यार्थीहरूको सामुहिक गानबाट सुरू भएकाे कार्यक्रमलाइ शिक्षक कृष्ण बुढाले सहजिकरण गरेका थिए । कक्षा नर्सरी देखि सात सम्मका बिध्यार्थीहरूले विविध प्रस्तुतिले कार्यक्रमलाइ मनमोहक बनाएको थियाे । गित, नाच, नाटक, कबिता बाचन लगायत डोरी तान प्रतियोगिता पनि सम्पन्न भएको थियाे ।
Saturday, September 14, 2019
हरेक अभिभावकले एकपटक पढौँ
आफ्ना बच्चालाई अरूसँग नदाँजौँ !
अभिभावक भन्छन्– नानी साह्रै बिग्रियो । सकिनँ मैले । टेर्दै टेर्दैन । हेपिसक्यो । लौ न सर, सम्झाइदिनुपर्यो । तँलाई पख्, म बाबालाई भनिदिन्छु । पढ्न बसिस् ? कत्ति खेलिराखेको ? छिटो होम वर्क गर् । म त हैरान भएँ । फलानो कति मजाले पढिराखेको छ । उसलाई पढ् भन्नै पर्दैन । हाम्रो त कत्ति भन्दा पनि हुँदैन । फलानो फस्ट हुन्छ रे । तेरो खोइ प्रगति ?
अरूसँग नदाँजौँ । नानी झनै निराशहुन्छ । आफूले कहिल्यै राम्रो गर्न नसक्ने रहेछु भन्ने उसमा पर्छ । उसले राम्रै गरे पनि हामीले नराम्रो देखेका छौँ कि ! उसका राम्राकार्यको प्रशंसा गरेका छौँ ? उसले गणित ढिलो सिक्ला । नेपाली त जान्दछ नि । अङ्ग्रेजीमा राम्रै होला । चित्र बनाउन आउँछ कि ! अथवा उसलाई मन पर्ने विधा कुन हो ? त्यसमा राम्रै गर्ला । ऊ आज जे गर्दै छ, कतै हामीले नै सिकाएका हौँ कि !
सुरुमा ऊ आमाको दूध चुस्थ्यो । काखमै लुटपुटिन्थ्यो । उसका लागि सारा संसार त्यही काख थियो । अलि पछि लिटो खान थाल्यो । जाउलो पनि खायो । रहर थियो । सानो नानी । सिँगारपटार गरेर बजार लानुभयो । बजारमाझुन्ड्याइएका वस्तुहरू ऊ चिन्दैनथ्यो । आमा–बुबाले आफैँ सोध्नुभएको होइन, कुन खाने नानी ? उसले जुन देखायो, त्यही किन्दिनुभयो । केमिकलको बिउ । स्वादको बिउ । बानी पर्यो । स्वाद गढ्यो । खान नमान्दा पनि त्यो रसायन कोच्याइ–कोच्याइ खुवाउनुभयो । बामे सर्दै गएर भाँडो घोप्ट्याउँदा बलवान् भएछ भनी खुसी हुनुभयो । पल्लाघरे अङ्कललाई मुड्कीले हान्न सिकाउनुभयो । अलि ठूलो भयो । भाँडो घोप्ट्याउँदा पिट्नुभयो ।
पाहुनालाई गालामा उसले हिर्काउँदा सिर्कनाले हान्नुभयो । पढ्न नजान्दा यत्ति पनि आउँदैन भन्नुभयो । अलि राम्रो लेख भन्नुभयो । राम्रो कुन हो, सिकाउनुभएन । सानो छँदा जुन नहुने कुरा थियो, त्यसमा हौसला दिनुभयो । जुन कुरामा हौसला दिनुपर्थ्यो, त्यसमा निरुत्साहित गर्नुभयो । तैँले सक्दैनस्, तँ जान्दैनस् भन्नुभयो ।
एक दिन स्कुल छुट्टी हुँदा दिक्दार नमानौँ । बच्चाले पिरोल्दैन । ऊ तपाईंसित नजिकिन्छ । घुम्न जाँदा सँगै लैजाऔँ । घाँडो नमानौँ । घरमा पनि राम्ररी हेरविचार गरौँ । बालबालिका हाम्रा रगत हुन् । आफूसँगै राखौँ । छातीमा टाँसौँ । स्कुलमा मिसलाई धेरै होमवर्क दिन नभनौँ । उसले पीएचडी गर्न लागेको होइन । घरमा ऊसँग कुरा गरौँ । सँगै बसेर पढौँ । ऊ सँगसँगै लागेर होमवर्क गरौँ । तर आफैँ नगरिदिऔँ । उसले पढ्न नजान्दा निरुत्साहित होइन, प्रोत्साहित गरौँ । उसले एउटा अक्षर लेख्न नजानेको हो । एउटा शब्द पढ्न नजानेको हो । पहाड खसेको होइन ।
पहिले उसलाई संस्कार सिकाऔँ । संस्कार भनेको बानी हो । बानी उसले हामीबाट सिक्छ । शिक्षा भनेकै बानी हो । बानीहरूको विकास । असल बानीहरूको निर्माण । पढेका सबै हुन्छन् । असल बानीका सबै हुँदैनन् । असल बानीमा अभ्यस्त भइसकेपछि पढ्नु ठूलो कुरा होइन । बेला आएपछि पढ्छ । तर दबाब दिँदा पढ्दैन । दबाब भए हाम्रो छेउमा पढेजस्तो गर्छ । उसको मन त्यहाँ हुँदैन । हामी उसको तनलाई नियन्त्रण गर्न सकौँला । मन नियन्त्रण गर्न सक्दैनौँ । तनलाई होइन, मनलाई जितौँ । उसको चाहनासँग रमाऔँ । उसको रुचिसँग रमाऔँ ।
स्कुल पठाउनु मात्रै हाम्रो दायित्व होइन ।लुगा किन्दिनु र नुहाइदिनु मात्रै पनि दायित्व होइन । मानिसको सिकाइ गर्भाधानबाटै सुरु हुन्छ रे । पूर्वीय दर्शनमा आमालाईपहिलो गुरु मानिएको छ । पहिलो पाठशालाघर हो । यसलाई पश्चिमी दर्शनले पनि स्वीकारेको छ । टेरेसालाई कुन उपाधि दिने भन्दा सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘मदर’ उपाधिले सम्मान गरियो ।
बालकको भविष्य निर्माणमा आमाको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । उसलाई जन्माउन, हुर्काउन र बढाउन अमाले सारै कष्ट सहनुभएको छ । ऊ जन्मनुअघि र जन्मेपछि तपाईंले ठूलो सपनादेख्नुभएको छ । बीच बाटामा अलमलिएकोयात्री जता बाटो देखाइदियो, त्यतै जान्छ । उसलाई सही र गलत बाटाको ज्ञान हुँदैन । बालक बीच बाटामा अलमलिएको यात्री हो । उसलाई कस्तो बाटो देखाउने भन्ने कुरामा अभिभावकले ध्यान पुर्याउनैपर्छ ।
(नोट :- लेखकको नाम नभेटिएकाले उल्लेख गरिएको छैन। स्रोत http://nepaliinabroad.com)
Friday, September 13, 2019
गाउदै सिक्ने हाे कि ?
समाजको सानो एकार्इ एउटा व्याक्ति हुन्छ
व्याक्ति व्याक्ति मिल्दै गए परिवार बन्छ ।।
परिवारको समुहले समुदाय बन्छ
समाज पनि यसैमाथि निर्भर भा को हुन्छ ।।
समुदाय देखिन्छ नि, समानता भएको
सामाज भने अमुर्तहो संस्कृति रहेको ।।
सिमा हुन्न समाजको समुदाय जस्तो
सम्बन्ध र निर्भरताको जालो होला कस्तो ।।
सिमा नाघ्छ, बृहत हुन्छ समुदाय भन्दा
समुदाय, समुदाय चाहिन्छ समाज बन्दा ।।
समाजमा बिसाउने सुख दुःखको भारी
सिमा नाघ्छ देशको यसले पुग्छ पारी पारी ।।
समुदाय एक अंश पूरा समाजको
समुदाय स्थिर रहि समाज बदलिने हो ।।
समाजमा खोज्छौ हामी हामलार्इ चाहिने चिज
सामाजिक न्यायको लागि समाज हो बिज ।।
अपनत्व, जिम्मेवारी, सुरक्षा एकता
सहकार्य यि दुबैमा रहेका छन साझा ।।
व्यापक हुन्छ समाज अनि सिमित समुदाय
चिनैं जानै नानी बाबु समाज समुदाय ।।
- यो गित बिध्यार्थी भाइ बहिनीलार्इ समाज र समुदायकाे बारेमा पठन पाठनका लागि तयार गरिएको हाे । - भीम प्रज्वल
कथा
अस्पतालकाे शैया
- भीम प्रज्वल
भारी भएको अनुहार – प्रगती झैं लाग्ने अाँखा– अागो अोकलेको बोली, क्रान्तिको झण्डा उचालेका हातहरू बाले एकहोरो हेरीरहेका छन । मलाइ निन्द्राले च्यापेको छ । बिरानो ठाउँ, नबुझिने भाषा अाँखा झिमिक्क गर्दा कतै डक्टरको अाँखा जुधे बालार्इ एक्लै बस्न पर्ला र हस्पिटलको गेटसम्म लैजान पालेहरू अउलान भन्ने तनाबको भारी !घर पनी त थिएन भन्ने एउटा धुमिलो पुनरावृति । सलाइनको सानो बोतल लोभोफलक्सासिन सकिनै सकिन लागेको छ – बाले अाँखा घुमाउछन, घुमाउदै घुमाउदै सिलिङतिर लैजान्छन । घुम्दै गरेको पङखाले बाको खै के घुमाउछ, बा पसिना पसिना हुन्छन । बाका बिचारहरू अझैपनि पहिले झै घुमेको लाग्छ मलाइ – बाका सबै बिचारभित्र सयर गर्न सकिएन तर सहजै अनुमान लाउन सकिन्थ्यो कि बालाइ कतै पश्चातापको अगोले पोलिरहेको छ । एउटा गुमनाम परिवार कुनैबेला पर्दापण भएको र बिलाइसकेको साक्षात प्रमाण संगै भएकोले मन्द गतिमा चलिरहेको रगतमा पनि भेल बगेको सबै बेडका बिरामी र बिरामी कुरूवालाइ अभाष भैसको हुन्छ । टाउको झटकार्छन , मुठ्ठी कसेर अँखाबाट पानी नितार्छन सायद अफ्नो कर्मठ जीवनलार्इ पनि सम्झिएका होलान ।
शुन्यतामा हराउनु मेरो त एक हिसाबले बानी नै भइसकेको छ । लख काटेर दिन बिताउने, बाको पसिना , रगत, गालाको चाउरी , अाँखको चाल, बेडमा पल्टिएका अनेकाैं अासनको व्याख्या र अनुबादका लहराहरू तान्ने, डक्टरको प्रेस्क्रिप्सन बोकेर लाइमा बस्ने , सलाइनका बोतलहरू अोसार्ने, अइभी सेटको लक लगाउने र खोल्ने लगायत बाको पथ प्रदर्शक, सहायक, अासा, भरोसा सबैका भुमिका एकसाथ निभाउनु त छदै छ अाफ्ना कुन्ठित चाहनाको पोका फुकाउने रामुदाइसंग भलाकुसारी पनि दैनिक कार्यभारका विषयबस्तु भए जसमा गाइडलाइन बेग्लै थिए भने उद्देश्य र सो प्राप्तिका बिभिन्न माध्यामको जोरजाम पनि साथमै छ ।
बाका कथामा पनि अहिले अफै हिडनु पर्ने भएको छ बिभिन्न पात्रको रूपमा र कहिलेकहिँ बाँकी रहेको संसारको खोजमा जाउ जाउ लाग्छ बा को सलाइनको पाइप बन्द गराएर । जाँगर छैन । बा निदाएका बेला नजिकै रेल्बे स्टेशनमा यात्रुका झोला बोकेर र रातीको समयमा कामबाट कमाएको पैसाले डक्टरको प्रेस्क्रिप्सन पनि पूरा गर्न सकिदैन । बाले क्रान्तिको नाममा मलाइ खुम्चाए जस्तै म बाको उपचारको लागि लेखिएको डक्टरको प्रेस्क्रिप्सन खुम्च्याउछु । सबैका पिडा एकैनास भएर अउदा रहेछन मात्र प्रकृति फेरिएर । मलाइ किताब किन्न खर्च गर्नु पर्ने पैसा बाले क्रान्ति पोष्टको प्रकाशन , प्रसारण र वितरणमै लगाए । कुपोषणले थला परेको भाइको उपचार खर्च बाले अाफ्नाे कार्यशालामा खर्च गरे जसकाे प्रतिफल बाेक्न हामी बाध्य भयाै भाइले अकालमा ज्यान गुमायाे। पिडाले शिखर चुम्न लागेकाे बेलामा म बाले गरेका भनेका स -साना गल्तीहरूकाे भयङकर ठुलाे मुल्य चुकाएकाे पल सम्झिन्छु र अाफैले अाफैलाइ सान्त्वाना दिदै सम्हालिन्छु – मैल दुःख मनाउ गर्दैमा बितेकाे पल फर्केर अाउने हाेइन । घाँटीमा कुनै चिज नराम्राेसंग अडकिन्छ – म अझै किन बाकाे साथमा छु। के मलाइ यी यावत चाेटहरूले पनि सम्झाउन सकेकाे छैन कि मेरा बा कति सहि कति गलत ।
अा सु छे?( याे के हाे ?) , बिजा बाटली क्याँ छे? (दाेस्राे बाेतल खै ?) कहिले कही सामान्य उत्तर दिएर कपाल कन्याउदै निस्किन्छु यति हाे । डक्टरलाइ सायद अाैषधि पसलेले बुझेन भनेर फेरी अर्काे कागजमा कुनै सिग्नेचर लेखेर दिन्छ ,म अस्पतालकाे अागन सम्म त जान्छु तर अाैषधि ल्याउने हिम्मत हुदैन । खल्ती रित्ताे छ, अाफन्तकाे नाममा कोही छैन । बर्षाैंकाे बाकाे मेहनत र कर्मककाे फलले याे संसारसम्म ल्याइ पुरयाएकाे छ । चाेरेर जीवन चलाउन सकिन्छ भन्ने कहिल्यै साेचिएन बरू बाले हामीलाइ शाेषण गरेझै बाकाे अाैषधिकाे शोषण गर्न उत्तम ठाने ।
२३ नम्बरमा लाइन लाग्नु भन्ने डक्टरकाे अाग्रह/अादेशलाइ कयाैं पटक हाँसी हाँसी लत्याएकाे छु । कयाैं पटक हाँसेर त कयाैं पटक रूदा रूदै पनि पुरा गेकाे छु । २३ नम्बरकाे लामाे लाइन पार गर्न कयाैं पटक अधुरा प्रेम कहानीलाइ जीवन दिने प्रयत्न पनि गरेकै छु । झण्डा बाेकेर गाउदै हिडने स्वर्णिमा याद अाउछ र दिया डक्टरलाइ पुलुक्क नजर डुलाउछु । पहिले त सेताे एप्राेन लाएर अाउने सबैलाइ डक्टर देख्ने मेराे चेतनास्तर बृद्धि भएर अाएकाे छ । इन्टर्नका डक्टरहरू रूखा तर जाेडले कराउन सके डराउने प्रवृत्तिक भेटिन थाले । स्टाफ नर्सहरू पनि कति हाे कति ।
चाैडा माेबाइलमा टेम्पल रन वा फेसबुककाे च्याटमा रमाइ बिरामी कुरूवा सलाइन सकियाे हजुर, बिरामीलाइ अप्ठ्याराे भा छ , पिसाबकाे थैली त रगतले भरियाे ,बान्ता गरेर थामी नसक्नु भा छ जस्ता सिकायत लिएर नजिक जाँदा कडकिने इन्टर्निसपका फेलाे भन्दा भिन्न लाग्न थाल्छ डा. दियाकाे स्वाभाब र कार्य । छाेटाे परिचय छ एउटा सानाे सिसाकाे फ्रेमभित्र डा. दिया । छाेटाे मेराे अामाकाे जीवन जस्तै – मैले विश्लेषण गरेकाे बाकाे नजरले अामाकाे जीवनलाइ के देख्छ खै ।
हजुरबाले बालाइ सिकाएका ज्ञानका कुनै भित्ता या फाँटहरूमा दिया पनि चित्रित हुन्थी हाेला भन्ने कुरा म बिराउन सक्दैन । एकहाेराे सिलिङ फ्यान हेरेर टाेलाएका बखत सान्त्वानाका शब्द गुच्छा अात्मिए लाग्थे जसलाइ म प्रेम सम्झेर सहस्र ग्रहण गर्थें तर ति दयाका भावाशेष सबैले बुझ्थे । एउटा भाेकाेले भाेक बाहेक अरू के लाइ महत्व देअास । कुननै दिन अाैषधि लिन संगै गएर पैसा नै नतिरेका घटनाहरू सिने रिल झैं अाइरहन्छन । चित्र बनाउनु – मेटाउनु, फेरी बनाउनु - फेरी मेटाउनु र भित्तामा अाँखा डुलाउनु, फाेहर मैला उठाउन अाउनेकाे गाली पनि सहजै पाचन गरेर फेरी टाेलाउनु मेराे दैनिकि भएकाे थियाे । अा अाफ्नाे पिडा लिएर मेराे फाैज उपस्थित भएकाे थियाे । बा चित्त बुझाउने बाटाे खाेज्थे – सब्द कहि कसाे निस्किने गर्थे बाँकि त पहिले नै उपभाेग भइसबेका हुन ।
अर्ती उपदेश त देशभन्दा ठूलाे भएकाे कुरा बालाइ मलाइ भन्दा बढता थाह छ । संसार बाकाे प्रिय चिज बिरानाे- बिरानाेमा परिणत भएकाे बाले महसुस गरेका छन । कयाैं पटक बाकाे बक फुटदा याे संसार हाम्राे........... मैले अाफै वाक्य पूरा गरीदिए, हुदैन।
बा आमा चकित पार्ने बिध्यार्थीहरू
शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजमा चित्रकलाको प्रस्तुति बिध्यार्थीहरूले पस्किएका छन । बिध्यार्थीहरूमा अन्तरनिहित शिप, क्षमता तथा कलालार्इ प्रष्फुटन गराइ क्षमता अभिवृध्दि गरी दक्षता निर्माण कार्य अन्तरगत बाल दिवसकाे पूर्व सन्ध्यामा सम्पन्न कार्यक्रममा करिब साठी जना भन्दा बढि बिध्यार्थीकाे सहभागिता रहेको थियाे । साे कार्यक्रममा तयार गरिएका केहि चित्रकला तल प्रस्तुत गरिएको छ ।
Subscribe to:
Posts (Atom)
बार्षिक परीक्षाको नतिजा प्रकािशत
ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...
-
Grace international School announce admission open for new season 2076 from class Nursery to Seven.
-
नेपालगंज ४ गणेशपुरमा अवस्थित ग्रेस इन्टरनेशनल स्कुलमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्भि तालिम सम्पन्न भएको छ । शैक्षिक सत्रको शुरूवातमै शि...
-
Students of Grace International School, Nepalgunj has organized food festival on 27 Falgun 2075. Students of different classes have partici...